शनिबार, जेठ २३, २०८३

इजरायल घटना अपडेट

स्वदेश फर्किन चाहने २८८ जना, २५० क्षमताको जहाज जाँदै

 |  बुधबार, असोज २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज २४, २०८०


काठमाडौं- इजरायलमा विकसित पछिल्लो घटनाक्रमबाट प्रभावित नेपालीहरुको बारेमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

National life

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता सेवा लम्सालले हमास समूहबाट भएको आक्रमणमा हताहत भएकाको शव ल्याउने प्रक्रिया, घाइते भएकाको उपचार तथा उद्धारको अवस्थाबारे जानकारी दिइन्। उनका अनुसार इजरायलमा २६५ नेपाली विद्यार्थी र ४५ सय श्रमिक कार्यरत छन्।

'आक्रमणमा १० विद्यार्थीको मृत्यु भएको छ। चार घाइते विद्यार्थीको उपचार भइरहेको छ। अज्ञात अवस्थामा रहेका विपिन जोशीको खोजी जारी छ,' उनले भनिन्। मृतकको शव इजरायल सरकारको सुरक्षामा राखिएको र नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गरिने उनले जानकारी दिइन्। मृतकका परिवारलाई १० लाख दिने निर्णय सरकारले गरेको छ।

लम्सालका अनुसार इजरायलमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउने काम पनि चलिरहेको छ। ५५ विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। हालसम्म ३५० भन्दा बढीले इजरालयस्थित नेपाली दूतावासमा विवरण टिपाएको, तीमध्ये २८८ जना स्वदेश फर्किन चाहेको र २५० सिट क्षमताको विमान आज राति त्यसतर्फ प्रस्थान गर्ने उनले बताइन्।

कानुनी प्रक्रिया, पोस्टमार्टम हुन समय लाग्ने र हस्तान्तरण गर्न समय लाग्ने भएकाले पहिलो उडानमा शव भने ल्याउन नसिकने मन्त्रालयले स्पष्ट पारेको छ।

Shivam cement

तेल अभिभमा सीमित व्यावसायिक उडान चलिरहेको छ। पहिलो उडानमा जोखिम क्षेत्रबाट एकै ठाउँमा राखिएका विद्यार्थीलाई ल्याइने र सम्भव भएसम्म अरुलाई पनि लिएर आउने लम्सालले बताइन्।

प्रकाशित: Oct 11, 2023| 16:57 बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्