बिहीबार, माघ २२, २०८२

विश्वकप फुटबल छनोटका लागि २३ सदस्यीय नेपाली टोली घोषणा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोली घोषणा गरेका हुन्।
 |  बुधबार, असोज २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज २४, २०८०

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले  फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि आज २३ सदस्यीय नेपाली फुटबल टोली घोषणा गरेको छ।  नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

National life

प्रशिक्षक एनेसेले लाओसविरुद्धको खेल आफनो लागि अवसर भएको बताउँदै  टिममा रहेका नयाँ र ऊर्जावान युवाको सहभागिताले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यूरोड टिमका फरवार्ड सञ्जीव विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश गरेका हुन्। विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले भोलि लाओससँग खेल्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने  उक्त खेल भोलि साझ ५ः३० बजे हुनेछ। 

होम एन्ड अवेका आधारमा हुने उक्त छनोट  खेलमा नेपालले लाओससँग दोस्रो खेल  यही असोज ३० गते उसकै मैदानमा खेल्नेछ। खेलको विजेता टोलीले विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउनेछन्। 

राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले लाओसविरुद्धको खेलका लागि आफनो टोलीले राम्रो अभ्यास गरेको बताए। छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरणकुमार लिम्बू, दीप कार्की र अभिषेक बराल छन् । डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशीष चौधरी र अमृत श्रेष्ठ छन्।

Laxmi sunrise bank

मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छुन्जु र मनिष डाँगी छन् भने फर्वार्डमा अन्जन विष्ट, आयुष घलान, जिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट रहेका छन्। 

प्रकाशित: Oct 11, 2023| 16:39 बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्