काठमाडौं- इजरायलले गाजा क्षेत्रमा मिसाइल आक्रमण सुरु गरेपछि दुई लाख ६३ हजार गाजबासी विस्थापित भएको संयुक्त राष्ट्रिय संघीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ।
राष्ट्रसंघीय निकायका अनुसार इजरायलले गाजालाई पूर्णरुपमा नियन्त्रण गर्ने घोषाणा गर्दै आक्रमणलाई निरन्तरता दिएपछि विस्थापितहरुको संख्या अझै बढ्नसक्ने जनाएको छ।
यो तथ्यांकले सघन जनसंख्या भएको एन्क्लेभको जनसंख्याको १० मध्ये एक भन्दा बढी विस्थापित भएको जनाइएको छ।
विस्थापितहरू मध्ये, कम्तिमा एक लाख ७५ हजारभन्दा बढी मानिसहरू संयुक्त राष्ट्रको राहत र कार्य एजेन्सी (यूएनआरडब्लूए) स्कूलहरूमा आश्रय खोजिरहेको सीएनएनले जनाएको छ।
सन् २०१४ मा चलेको ५० दिनभन्दा लामो युद्धमा भन्दा बढी मानिसहरु पछिल्लो चार दिनमा विस्थापित भएका छन्। 'यसले विस्थापित मानिसहरूको आश्रय, ओछ्यान, खाना, पानी र सरसफाइ सुविधाहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न मानवीय संस्थाहरूका लागि भारत थपिएको छ,' संयुक्त राष्ट्र एजेन्सीले भनेको छ।
इजरायली हवाई आक्रमणले दूरसञ्चार प्रतिष्ठानहरूलाई निशाना बनाएको छ, जसले मोबाइल र इन्टरनेट सेवा अवरुद्ध गरेको मोबाइल सञ्चारका लागि तीन मुख्य लाइनहरू मध्ये दुईवटा ध्वस्त भएका छन्।
पानीको पहुँच जस्ता आधारभूत आवश्यकताहरू पनि क्षति र ढल निकास पूर्वाधारमा विद्युत आपूर्तिमा कमीका कारण चुनौती बनेको छ। बेत लहिया र उत्तरी क्षेत्रमा ढलको लाइन र पूर्वाधारमा क्षति पुगेकाले फोहोर सडकमा जम्मा भएको सीएनएनले रिपोर्ट गरेको छ।
गाजामा हमास नियन्त्रित सरकारले बुधवार बिजुली आपूर्ति 'घण्टा भित्र पूर्ण रूपमा बन्द हुने' चेतावनी इजरायली सेनाले दिएको थियव। गाजामा मानवीय संकट देखा परेपछि स्वयंसेवी समूहहरु सक्रिय भएका छन्।