शनिबार, भदौ २७, २०८३

नेपालीको उद्धारका लागि नेवानिको जहाज आज इजरायल उड्दै

 |  बुधबार, असोज २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज २४, २०८०

सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि आज नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ। आज राति ११ बजे दुबई ट्रान्जिट भएर निगमको जहाज इजरायल पठाउन लागिएको परराष्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए।

हमासको आक्रमणमा १० जनाको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली त्रसित छन्। युद्धग्रस्त इजरायलमा रहेका नेपालीहरूले उद्धारका लागि अनुरोध गर्दै आएका छन्।

इजरायलस्थित नेपाली राजदूतावासले नेपाल फर्किन चाहनेको सूची अनलाइनमार्फत् दर्ता गरेको थियो। जसमा २ सय बढीले आवेदन दिएका छन्।

 

 

प्रकाशित: Oct 11, 2023| 13:22 बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्