सोमबार, जेठ २६, २०८२

बागमती किनारमा मृत भेटिएका युवाको पहिचान खुल्यो

मृत भेटिएका युवक विकास महरा रहेको प्रहरीद्वारा पुष्टि।
 |  बुधबार, असोज २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २४, २०८०

vianetvianet
National life insurance

काठमाडौं– बागमती किनारमा २० वर्षीय युवक मृत भेटिएका छन्। आज बिहान सवा ६ बजे काठमाडौं महानगर–३१ बानेश्वर तरकारी बजार अगाडि बागमती किनारको झाडीमा युवक मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको हो।

मृत भेटिएका युवक विकास महरा बालाजु गोलढुंगाका रहेको र हाल शंखमूलमा बस्दै आएको जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले बताए।  बागमतीमा किनारमा घोप्टो परेको अवस्थामा मृत भेटिएका उनको साथबाट प्रहरीले सिरिञ्ज र मोबाइल पनि बरामद गरेको छ।

शव पोस्टमर्टमका लागि बिहान साढे ८ बजे महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको प्रहरीले बताएको छ।

प्रकाशित: Oct 11, 2023| 10:46 बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्