शनिबार, जेठ २३, २०८३

बागमती किनारमा युवक मृत फेला, सँगै भेटियो सिरिन्ज

 |  बुधबार, असोज २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज २४, २०८०
National life
Shivam cement

काठमाडौंको बागमती किनारमा एक युवक मृत भेटिएका छन्। आज बिहान सवा ६ बजे काठमाडौं महानगरपालिका-३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बागमती किनारमा झाडीमा युवक मृत फेला परेका हुन्।

प्रहरीका अनुसार मृत भेटिएका युवक काठमाडौंको बालाजु गोलढुंगा घर भई शंखमूल बस्ने २० वर्षीय विकास महरा हुन्। घटनास्थलमा भएको सिरिन्ज फेला परेको छ। 

प्रारम्भिक अनुसन्धानबाट शरीरमा कुनै चोट नदेखिएको प्रहरीले जनाएको छ। घटनास्थलमा मृतकको फोन पनि फेला परेको छ। शव पोष्टमर्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पठाइएको र मृत्युको कारण पोष्टमर्टमको रिपोर्टबाट खुल्ने प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 11, 2023| 10:39 बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्