संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थगित भएको छ। इजरायलको पछिल्लो घटनाले राष्ट्रसंघको ध्यान त्यता केन्द्रित गर्नुपरेका कारण भ्रमण तत्कालका लागि रद्द गरिएको हो।
महासचिव गुटेरस नेपालको तीन दिने भ्रमणका लागि असोज २६ गते काठमाडौं आइपुग्ने कार्यक्रम थियो।
महासचिव गुटेरस नेपाल आउने र एक रात पोखरामा बिताउने कार्यक्रम तय भएको थियो। नेपाल आएर यतैबाट चीन जाने उनको तयारी थयो। महासचिव गुटेरसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै राष्ट्रसंघ महासभामा सहभागी हुँदा भ्रमणको निम्ता दिएका थिए।