शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रुसले भन्‍यो - प्यालेस्टाइनसँग ऐतिहासिक सम्बन्ध, उच्चस्तरको सम्पर्क बढाउँछौं 

रुसले भन्‍यो - प्यालेस्टाइनसँग ऐतिहासिक सम्बन्ध, उच्चस्तरको सम्पर्क बढाउँछौं 

 |  मंगलबार, असोज २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

काठमाडौं- पछिल्लो समय जारी इजरायल-प्यालेस्टाइन युद्धका विषयमा रुसले प्यालेस्टाइनसँग ऐतिहासिक सम्बन्ध भएको र उच्चस्तरको सम्पर्क बढाउन जारी राख्‍ने बताएको छ। 

National life

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, 'हामीसँग प्यालेस्टिनीहरूसँग लामो समयदेखि ऐतिहासिक सम्बन्ध छ, हामी उच्चस्तरको सम्पर्कहरू बढाउन जारी राख्छौं।'

उनले इजरायलमा ठूलो संख्यामा रुसी नागरिक भएको उल्लेख गर्दै दुवै पक्षसँग सम्बन्ध कायम गर्ने पनि बताएका छन्। भनेका छन्, '...तर, एकै समयमा, हामीसँग इजरायल राज्यसँग सम्बन्ध छ, जससँग हाम्रा धेरै समानताहरू छन्, विशेष गरी, यस राज्यमा बसोबास गर्ने हाम्रा देशबासीहरूको संख्या ठूलो छ। त्यसैले, यस राज्यमा हामी दुवै पक्षसँग सम्बन्ध कायम राख्छौं।'

प्यालेस्टिनीहरूलाई रूसको समर्थनको प्रकृतिको बारेमा सोध्दा पेस्कोभले थपे, 'मस्को सक्रिय रूपमा कूटनीतिक प्रयासमा संलग्‍न छ र समाधानको लागि आधार खोज्‍ने विभिन्न ढाँचाहरूमा भाग लिइरहेको छ। 'सम्झौताको बाटो खोज्न सहयोगका लागि प्रयास जारी राख्‍ने र भूमिका खेल्ने हाम्रो योजना छ।'

पेस्कोभले प्यालेस्टाइनी राष्ट्रपति महमूद अब्बासको मस्कोको घोषणा गरिएको भ्रमणको मिति तय नभएको तर भ्रमणको योजना पहिल्यै बनाइएको पनि बताएका छन्। 

Shivam cement

यसअघि चेचेनका प्रमुख तथा रुसी राजनीतिज्ञ रमजान कादीरोभले प्यालेस्टिनीहरूको लागि 'पूर्ण समर्थन' व्यक्त गरेका थिए। उनले इजरायलमा द्वन्द्व समाधान गर्ने मिसनमा आफ्नो 'शान्ति निर्माण' सेना परिचालन गर्न सुझाव दिएका थिए। कादिरोभले 'इस्लामिक, मुस्लिम र अरब देशहरूलाई आफ्ना मुस्लिम भाइहरूको सुरक्षामा संयुक्त वक्तव्य जारि गर्न' पनि आह्वान पनि गरेका छन्। 

उनले इजरायलको द्वन्द्वको लागि पश्चिमा मुलुक र युरोपलाई दोषारोपण गरेका छन्। 

प्रकाशित: Oct 10, 2023| 18:43 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्