शनिबार, जेठ २३, २०८३

मिर्चैयामा राजस्व अनुसन्धानको टोलीमाथि ढुंगामुढा

 |  मंगलबार, असोज २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

सिरहाको मिर्चैयामा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेका छन्। अनुसन्धानका नाममा व्यापारीलाई पटक-पटक दु:ख दिएको भन्दै राजस्वको टोलीमाथि आक्रमण भएको हो।
राजस्वको टोली एक व्यापारीको गोदाममा छापा मार्न गएको थियो।

National life

स्थिति नियन्त्रणमा लिएर प्रहरीले सुरक्षा दिँदै टोलीलाई मिर्चैयाबाट पठाएको छ। राजस्व टोलीले गरिरहेको अनुसन्धानको विरोध गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्गमा सिरहा-मिर्चैया खण्ड मंगलबार दिउँसो करिब एक घण्टा आवागमन अवरुद्ध गरेका छन्।

असोज ४ मा टोलीले मिर्चैया-५ संस्था चौकस्थित मुरारी साहको पसलमा छापा मार्दै बहीखाता, बिल भौचर सहितका कागजपत्र नियन्त्रणमा लिएको थियो। अनुसन्धानमा साहको पसलको स्टोरमा भ्याट बिलभन्दा बाहेकका सामान पनि फेला परेको थियो । उक्त सामान नियन्त्रणमा लिनका लागि टोली मंगलबार आएको थियो।

राजस्व अनुसन्धान टोलीले साहको पसलबाट सामान नियन्त्रणमा लिएपछि व्यापारी र स्थानीय बासिन्दाले हातपातको प्रयास गरेका थिए। राजस्व अनुसन्धान टोलीले पटक-पटक एउटै व्यापारीको पसलमा अनुसन्धानको नाममा दु:ख दिएको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्गको मिर्चैया खण्डमा टायर बालेर विरोध गरेका थिए।

प्रकाशित: Oct 10, 2023| 18:05 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्