शनिबार, जेठ २३, २०८३

नेपालगञ्जमा एक सातापछि हटाइयो कर्फ्यु

शान्ति–सुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यु हटाइएको बाँके प्रशासनको विज्ञप्ति।
 |  मंगलबार, असोज २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

बाँके–नेपालगञ्ज उपमहानगरमा एक सातादेखि जारी कर्फ्यु हटाइएको छ। जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए। उनले शान्ति–सुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यु हटाइएको उल्लेख गरे। 

National life

गत मंगलबार नेपालगञ्जमा धार्मिक तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। अवस्था सामान्य बन्दै गएपछि केही दिनयता दिउँसोको समय निषेधाज्ञा र राती कर्फ्यु लाग्दै आएको थियो।

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि १६ असोज दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो। १८ असोजदेखि दिउँसोको कर्फ्यु हटाइएको थियो भने रातीको समय कायमै राखिएको थियो।  

विशेष सुरक्षा योजना 

बाँकेमा प्रहरीले दसैं र तिहार पर्वका लागि विशेष सुरक्षा योजना ल्याएको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेले कोहलपुर नगरपालिकास्थित बसपार्क र नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। 

Shivam cement

सीमा क्षेत्र जमुनाह नाकामा समेत भारतबाट आउने नेपाली नागरिकको सहजीकरणका लागि यात्रु सहायकता कक्ष स्थापना भएको भएको छ। भारतबाट आएका केहीले गरेको गुनासो सम्बोधन गरिएको जमुनाहका वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले बताए। 

प्रहरीले बसपार्क क्षेत्रमा यात्रु ठगी हुने सम्भावना भएकाले त्यसमा पनि निगरानी बढाएको जानकारी दिँदै प्रनाउ डाँगीले भारतका रेल्वेस्टेसनसम्म पनि सादा पोसाकमा रहेका प्रहरीले निगरानी गरेको जानकारी दिए।–रासस

प्रकाशित: Oct 10, 2023| 16:01 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्