शनिबार, जेठ २३, २०८३

सुन्धाराको गेष्ट हाउसमा युवती मृत फेला

 |  मंगलबार, असोज २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०
National life
Shivam cement

काठमाडौंको सुन्धारास्थित श्रीगुरु गेष्ट हाउसमा एक युवती मृत फेला परेकी छन्। इमाडोल घर भएकी भूमिका राउत सोमबार बिहान गेष्ट हाउसमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार उनी गत असोज ८ गतेदेखि एक युवकसँग सो गेष्ट हाउसमा बस्दै आएकी थिइन्।

२० वर्षीया राउत होटलको कोठाभित्रबाट लक गरेको अवस्थामा मृत भेटिएकी थिइन्।  प्रहरीका अनुसार आइतबार उनीसँगै बसेका युवक पैसा सकिएको भन्दै पैसा लिन घर गएका थिए। सोमबार बिहान उनी फर्किएर आउँदा कोठा भित्रबाट लक थियो। प्रहरीलाई खबर गरेर ढोका फोड्दा उनी कोठामा लडिरहेकी थिइन्। घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Oct 10, 2023| 13:47 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्