सोमबार, जेठ २६, २०८२

सिक्किममा १० नेपाली बेपत्ता

 |  मंगलबार, असोज २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

vianetvianet
National life insurance

इलाम- इलामबाट गएका नेपाली भारतमा बेपत्ता भएका छन्। इलाम नगरपालिका–९ का उनीहरू यही असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएकाले बाढीका कारण हुन सक्ने आशंका गरिएको छ।

स्थानीयवासी विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरु आफन्तसँग सम्पर्कविहीन भएका हुन्। सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन्। बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेतलगायत छन्।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई यसअघि नै जानकारीमा आएको र  बस्नेतलगायत अन्यको विषयमा पछि अन्य व्यक्ति पनि बेपत्ता भएको जानकारी प्राप्त भएको  र यसबारे सिक्किमका मिडियामा खबर गरिसकेको बताए। बाढीका कारण त्यस स्थानमा पुग्न कठिन हुनाका साथै  टेलिफोन, विद्युत्लगायत सबै सञ्चारका माध्यम अवरुद्ध भएकाले कसैसँग सम्पर्क स्थापित हुन नसकेको बताइएको छ।
नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी पोखरेलले त्यहाँका सुरक्षाकमीसँग कुराकानी भइरहेको र उद्धारमा भारतीय पक्षसमेत लागेको जानकारी आएको बताए। -रासस

प्रकाशित: Oct 10, 2023| 13:04 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्