सोमबार, जेठ २६, २०८२

इजरायलबाट नेपाल फर्किन २०० ले दिए आवेदन

काठमाडौंस्थित इजरायली राजदूतले तेल अभिभको विमानस्थल सञ्चालन भइरहेकाले उद्धारका लागि सहज अवस्था रहेको जानकारी नेपाललाई दिएको मन्त्री साउदको भनाइ।
 |  मंगलबार, असोज २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

vianetvianet

काठमाडौं– प्यालेस्टिनी चरमपन्थी समूह हमास र इजरायलबीचको जारी लडाइँका कारण मध्यपूर्व यतिबेला अशान्छ। हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु भइसकेको छ भने १ जना  अझै बेपत्ता छन्।

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलबाट स्वदेश फर्किन हालसम्म २०० जनाले नेपाली दूतावासमामा आवेदन दिएको बताएका छन्। मन्त्री साउदले प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा इजरायलमा रहेका नेपालीबारे जानकारी गराउँदै स्वदेश फर्कन चाहनेलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखिएको जानकारी दिए।

इजरायलमा ४५ सय केयर गिभर र २६५ विद्यार्थी रहेकामा दक्षिणी क्षेत्रमा हमासको आक्रमणमा परेर १० जनाको निधन भएको उनको भनाइ छ। आक्रमणमा परेका चार जनाको उपचार भइरहेको र एक जनाको अवस्था पहिचान नभएको उनले बताए।

५५ विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको बताउँदै उनले उत्तरी क्षेत्रमा रहेकालाई बंकरमा राख्ने व्यवस्था गरिएको जनाए। त्यहाँ रहेका नेपालीको सुरक्षा,उद्धारका लागि इजरायल सरकारसँग समन्वय भइरहेको र दूतावासलाई सक्रिय बनाइएको मन्त्री साउदले बताए। 

मन्त्री साउदले परराष्ट्र मन्त्रालय र नेपाली दूतावासमा सम्पर्क व्यक्ति तोकेर स्वदेश फर्कन चाहनेको विवरण संकलन भइरहेको जानकारी दिए।

National life insurance

नेपालस्थित इजरायली राजदूतसँग छलफल गरी मृतकको शव छिटो ल्याउन सहजीकरणका लागि आग्रह गरिएको उनको भनाइ छ। काठमाडौंस्थित इजरायली राजदूतले तेल अभिभको विमानस्थल सञ्चालन भइरहेकाले उद्धारका लागि सहज अवस्था रहेको जानकारी आफूलाई दिएको मन्त्री साउदले समिति सदस्यलाई बताए।

संघीय संसद् बैठकमा पनि सांसदहरुले इजरायलमा असुरक्षित रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण गराएका छन्।

मन्त्री साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरे। उनले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै अहिलेको अवस्थालाई राजनीतिककरण नगर्न पनि आग्रह गरे। 

‘अवस्था संवेदनशील छ। त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ,’ उनले भने, ‘यो अवस्थालाई राजनीतिकरण नगरौं।’

प्रकाशित: Oct 10, 2023| 12:05 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्