शनिबार, भदौ २७, २०८३

रसुवामा मिनीट्रक पल्टिँदा तीन जनाले ज्यान गुमाए

दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो।
 |  मंगलबार, असोज २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

काठमाडौं– रसुवाको आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङ खोलामा मिनीट्रक पल्टिँदा तीन जनाको मृत्यु पाँच जना घाइते भएका छन्।  नेसिङबाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको बा५ख ५७८ नम्बरको आयसर मिनीट्रक सोमबार बेलुकी पौने ६ बजे दुर्घटना हुँदा मानवीय क्षति भएको हो।

दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो। तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले बताए।

दुर्घटनामा घाइतेमध्ये एक जनाको खुट्टा भाँचिएकाले जिल्ला अस्पतालमा उपचार भइरहेको र अन्य सामान्य घाइते भएकाले उपचारार्थ असप्ताल नलगिएको उनको भनाइ छ।

प्रकाशित: Oct 10, 2023| 10:58 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्