शनिबार, जेठ २३, २०८३

अरिंगालले टोक्दा दुई नाबालिगको मृत्यु

गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिंगालले टोकेको थियो।
 |  मंगलबार, असोज २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

जाजरकोट– कुशे गाउँपालिका–१ धाउनीमा अरिंगालले टोकेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा  वीरबहादुर सिंहका छोरीद्वय ९  महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन्।

National life

टालेगाउँ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतका अनुसार घाइते निर्जलाको उपचार गर्न  छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार मृत्यु भएको थियो भने सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको थियो। 

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिंगालले टोकेर घाइते हुनुभएको  प्रमुख बस्नेत बताए। उनीहरुलाई गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिंगालले टोकेको थियो।

अरिंगालले टोकेपछि तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको प्रमुख बस्नेतले बताए। 

प्रकाशित: Oct 10, 2023| 10:50 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्