शनिबार, जेठ ३०, २०८३

इजरायल-प्यालेस्टाइन लडाइँ

१२ वर्षमा मारिए १ लाख ११ हजार

इजरायल-प्यालेस्टाइन द्वन्द्व नयाँ होइन। दशकौंदेखि यी दुई देश आपसमा लडिरहेका छन्।
 |  मंगलबार, असोज २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

इजरायल-हमास पछिल्लो संघर्षमा १२ सयभन्दा बढीको मृत्यु भइसकेको छ। शनिबार हमासले इजरायलमाथि आक्रमण सुरु गरेपछि उसले पनि पनि जवाफी कारबाही तीव्र बनाएको छ।

National life

इजरायलतर्प ७ सय र प्यालेस्टिनी हमास समूहका ५ सयको मृत्यु पुष्टि भएको बीबीसीले जनाएको छ। मृत्यु हुनेमा इजरायलीबाहेक अमेरिकी, बेलायती र नेपाली नागरिक पनि छन्। हमासले दर्जनौं इजरायलीलाई गजामा बन्धक बनाएर राखेको छ। इजरायलको हवाई हमलामा चार बन्धकको ज्यान गएको हमासले बताएको छ।

त्यसो त इजरायल-प्यालेस्टाइन द्वन्द्व नयाँ होइन। दशकौंदेखि यी दुई देश आपसमा लडिरहेका छन्। पछिल्लो १२ वटा लडाइँमा मात्र यो द्वन्द्वमा १ लाख ११ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। संयुक्त राष्ट्र संघको तथ्यांकअनुसार सन् २००८ देखि २०२० सम्मको लडाइँमा प्यालेस्टाइनतर्फ १ लाख ५ हजार ४७३ जना र इजरायलतर्फ ५ हजार ८८७ जनाको मृत्यु भएको छ।

कहिले कतिको मृत्यु ?
२००८
प्यालेस्टाइन ३,००२
इजरायल ८५३

२००९
प्यालेस्टाइन ७,४६०
इजरायल १२३

Shivam cement

२०१०
प्यालेस्टाइन १,६५९
इजरायल १८५

२०११
प्यालेस्टाइन २,२६०
इजरायल १३६

२०१२
प्यालेस्टाइन ४,९३६
इजरायल ५७८

२०१३
प्यालेस्टाइन ४,०३१
इजरायल १५७

२०१४
प्यालेस्टाइन १९,८६०
इजरायल २,७९६

२०१५ 
प्यालेस्टाइन १,४८१३
इजरायल ३३९

२०१६
प्यालेस्टाइन ३,५७२
इजरायल २२२

२०१७
प्यालेस्टाइन ८,५२६
इजरायल १७४

२०१८
प्यालेस्टाइन ३१,५५८
इजरायल १३०

२०१९ 
प्यालेस्टाइन १५,६२८
इजरायल १३३

२०२०
प्यालेस्टाइन २,७८१
इजरायल  ६१

प्रकाशित: Oct 10, 2023| 07:15 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्