सोमबार, जेठ २६, २०८२

निःशुल्क रगत उपलब्ध गराउँदै काठमाडौं महानगर

 |  सोमबार, असोज २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

vianetvianet

काठमाडौं- काठमाडौं महानगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोलको रोहवरमा सोमबार कामपाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सो सम्झौता पत्रमा हस्ताक्षर गरे। यसअघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइसकेको उल्लेख गर्दै प्रमुख साहले स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत तथा रक्ततत्व निःशुल्क उपलब्ध गराउन सम्झौता गरिएको बताए।  

उपप्रमुख सुनिता डङ्गोलले अब रगतका लागि सहज हुने बताइन्। कामपाका जनस्वास्थ्य विभाग प्रमुख पौडेलका अनुसार,  उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ। यसका लागि प्रति युनिट एक हजार ६० र क्रस म्याच गराउनु परे थप दुई सय उपलब्ध गराइनेछ। 

सम्झौताअनुसार महानगरका वडाबाट रक्तदान कार्यक्रम आयोजना र अन्य रक्तदानका कार्यक्रममा खाजावापत प्रत्येक रक्तदातालाई दुई सय उपलब्ध गराइने छ। रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालका अनुसार सम्झौता बमोजिम कामपाले पहिलो चरणमा रु तीन लाख उपलब्ध गराउनेछ। सेवा लिनका लागि कामपाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ। नागरिकता, मतदाता परिचयपत्र, बसाइसराइको प्रमाणपत्र, जन्म दर्ता, विवाह दर्ता प्रमाणपत्रमध्ये कुनै एउटा पेश गर्नुपर्ने छ।  

प्रकाशित: Oct 09, 2023| 21:47 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्