शनिबार, भदौ २७, २०८३

इजरायलको भिसा लागेका २४ जनालाई सरकारले भन्यो- अहिले नजानू

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिसा प्राप्त गरिसकेका २४ नेपालीलाई इजरायल नजान अनुरोध गरेको छ। इजरायल र प्यालेस्टिनबीच युद्ध जारी रहेकाले मन्त्रालयले उनीहरूलाई इजरायल नजान अनुरोध गरेको हो।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा उनीहरू छनोट भएका थिए। उनीहरू असोज २४ गते राति १ बजे इजरायल उड्ने तयारीमा थिए। मन्त्रालयले इजरायलको शान्ति सुव्यवस्था सामान्य भएपछि मात्रै वैदेशिक रोजगारीसम्बन्धी थप कारबाही अगाडि बढाउने निर्णय पनि गरेको छ।

इजरायलमा हमास समूहको आक्रमणबाट १० नेपालीको मृत्यु भएको छ भने त्यहाँ रहेका नेपालीको उद्धार प्रक्रिया सुरु भएको छ।

प्रकाशित: Oct 09, 2023| 20:47 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्