सोमबार, जेठ २६, २०८२

आलु बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

 |  सोमबार, असोज २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

vianetvianet
National life insurance

रसुवाको आमाछोरिङ्मो गाउँपालिका-२ नेसिङ खोलामा गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। नेसिङबाट ग्रेतर्फ आलु बोकेर जाँदै गरेको बा ५ ख ५७८ नम्बरको आइसर गाडी दुर्घटना भएको हो।

मृत्यु हुनेमा आमाछोरिङ्‍मो-२ का अन्दाजी ३० वर्षीय फुर्पा छोवाङ‚ सोही स्थानकी अन्दाजी ४० वर्षीया पेम्बा डोल्मा तामाङ र अन्दाजी ३० वर्षीय अक्कलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

दुर्घटनामा ५ जना घाइते भएका छन्। गाडी सडकबाट करिब २ सय मिटर तल खसेको छ। घाइतेलाई उपचारका लागि सदरमुकाम धुन्चे ल्याइएको छ।

प्रकाशित: Oct 09, 2023| 20:44 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्