शनिबार, भदौ २७, २०८३

टिभीमा लुकाएर आधा किलो सुन ल्याउने समातिए

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

टिभीभित्र सुन लुकाएर ल्याएको आरोपमा एक जना पक्राउ परेका छन्। सिन्धुलीका नवराज धामीले टिभीको भित्री पार्टमा ५१० ग्राम सुन लुकाएर ल्याएको भेटिएको हो।

सोमबार दिउँसो मलेसियाबाट मलेसियन एयरमा काठमाडौं आएका धामी लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ गरिएको हो। शंका लागेर चेक गर्दा टिभीको भित्री पार्टमा सुन भेटिएको थियो।

सरकारले पुरुषको हकमा २५ र महिलाको हकमा ५० ग्राम सुन भन्सार नतिरी ल्याउन मिल्ने व्यवस्था गरेको छ। त्यस्तै थप २०० ग्राम सुन भने सो घोषणा गरेका आधारमा भन्सार तिरेर ल्याउन मिल्छ।
 

प्रकाशित: Oct 09, 2023| 19:20 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्