शनिबार, भदौ २७, २०८३

इजरायल घटनाबारे सरकारको निर्णय

मंगलबार राष्ट्रिय शोक, मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। मृतक नेपालीहरुको सम्मानमा मंगलबार राष्ट्रिय झण्डा आधा झुकाइने छ।

 'यस अकल्पनीय घटनामा दिवंगत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने,' मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।

विद्रोही समूह हमासको आक्रमणमा परी १० जनाको ज्यान गएको छ। उनीहरुको शव नेपाल ल्याउने प्रक्रिया सरकारले सुरु गरिसकेको छ। सरकारले ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई जनही दस लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

 

प्रकाशित: Oct 09, 2023| 17:06 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्