शनिबार, जेठ २३, २०८३

इजरायलमा फेरि हवाई हमलाको साइरन

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०
National life
Shivam cement

काठमाडौं- इजरालयमा फेरि हवाई हमलाको साइरन बज्न थालेको छ। बीबीसीका अनुसार फेरि हमलाको संकेत देखिएको जानकारी इजरायल डिफेन्स फोर्सले दिएको छ।

साइरन जेरुशलममा पनि सुनिएको बताइएको छ। जेरुशलममा तीन विष्फोटको आवाज सुनिएको छ। विष्फोटको आवाज रकेट ल्यान्डिङबाट भएको हो वा इजरायलले यसलाई गिराएको हो भन्ने स्पष्ट भइसकेको छैन।

यहीबीच इजरायलका रक्षामन्त्री योएब ग्यालेन्टले गाजापट्टी पूरै बन्द गरिएको बताएका छन्। त्यहाँ बिजुली, खाना र इन्धन नपठाइने उनले जानकारी दिए।

प्रकाशित: Oct 09, 2023| 16:12 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्