शनिबार, जेठ २३, २०८३

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमा कालो मोसो

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमासो दलिएको छ। काठमाडौंको जमलस्थित एक होटलमा आयोजित कार्यक्रमबाट निस्केपछि उनीमाथि कालो मोसो दलिएको हो।

National life

प्रसाईंले नै त्यहाँ पत्रकार सम्मेलन राखेका थिए। घटनास्थलमा प्रहरी पुगेर आक्रमणकारीको खोजी थालेको छ। 

पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालो मोसो दलिएको हो। प्रसाईंलाई कसले कालो मोसो दलेको हो भन्ने खुलेको छैन।

प्रसाईं केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को ब्याज नियन्त्रण, ऋण मिनाहालगायत माग राखेर अभियानमा छन्। संघीयता खारेजी, हिन्दू राष्ट्र कायम, राजतन्त्र पुनर्वहाली पनि उनका एजेण्डा छन्।

प्रकाशित: Oct 09, 2023| 15:49 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्