बिहीबार, असार ३२, २०८३

४४५ को आँखा परीक्षण गर्दा १५८ जनामा मोतियाबिन्दु

संघले स्थापना भएदेखि हालसम्म नेपाली तथा अन्य विदेशी गरी ४ करोड २ लाख ८६ हजार ५ जनालाई आँखा उपचार सेवा र ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया गरेको छ।
 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

काठमाडौं– पर्साको संखुवापर्सौनी गाउँपालिका–२ श्रीपुरमा ४४५ जनाको आँखा परीक्षण गर्दा १५८ मा मोतियाबिन्दु देखिएको छ। मोतियाबिन्दु देखिएका सबै बिरामीको नेपाल नेत्रज्योति संघ आरएम केडिया आँखा अस्पतालमा निःशुल्य शल्यक्रिया गरिनेछ। 

आर्थिक र पहुँच अभावमा कोही पनि नागरिक आँखा उपचार सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले नेत्रज्योति संघले विभिन्न स्वदेशी तथा दातृ निकायसँगको सहकार्यमा देशैभर वार्षिक हजारौं निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ।

संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० बढी आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखामार्फन नेपाली नागरिकलाई सस्तो मूल्यमा आँखा उपचार सेवा प्रवाह गरिरहेको छ।

स्थापनादेखि हालसम्म संघले आफ्ना अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत नेपाली तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीलाई आँखा उपचार सेवा र ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया सेवा प्रदान गरिसकेको छ।

 

प्रकाशित: Oct 09, 2023| 15:35 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्