शनिबार, वैशाख २६, २०८३

रुघा लाग्दा कसरी बढाउन सकिन्छ इम्युनिटी ?

चिसो मौसम सुरु हुँदैछ। चिसो मौसममा मानिसहरूलाई रुघाखोकीको जोखिम बढी हुन्छ। चिसोमा विभिन्न इन्फेक्सन तथा भाइरल फ्लुहरूको जोखिम पनि रहन्छ। भाइरसले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसमा चाँडो संक्रमण गर्छ।
 |  मंगलबार, असोज २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

काठमाडौं- चिसो मौसम सुरु हुँदैछ। चिसो मौसममा मानिसहरूलाई रुघाखोकीको जोखिम बढी हुन्छ। चिसोमा विभिन्न इन्फेक्सन तथा भाइरल फ्लुहरूको जोखिम पनि रहन्छ। भाइरसले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसमा चाँडो संक्रमण गर्छ।

National life

त्यसैले हामीले चिसो मौसममा खाने कुरामा विशेष ध्यान दिनुपर्छ। हाम्रो रोग प्रतिरोधात्मक शक्ति बढाउने खाने कुरामा हामीले जोड दिनुपर्छ। फलफूल र तरकारी हाम्रो शरीरका लागि लाभदायक मानिन्छन्।

चिसो मौसममा सुपको सेवन गर्नुपर्छ। मेडीलाइफ ग्लोबल डटकमका अनुसार सुपको सेवनले हामीलाई स्वस्थ राख्न मद्दत गर्छ। सुप बनाउनका लागि मासु र थुप्रै सागपातको प्रयोग गर्न सकिन्छ। यसले रुघा  लागेमा शरीरमा शक्ति प्रदान गर्नुका साथै न्यानो प्रदान गर्छ।

यस्तै हामीले रुघाबाट जोगिनका लागि स्वस्थ मसालाको प्रयोग पनि गर्न सक्छौं। अदुवा, जिरा, मर्चा जस्ता मसलाको प्रयोग गर्न सकिन्छ। यस्ता मसालाको प्रयोग गर्दा एन्टीमाइक्रोबायल र एन्टीफङ्गल प्रोपर्टीज पाइन्छ। यसले इम्युनिटी बुस्ट गर्नुका साथै डाइजेशनलाई ठिक गर्छ। 

यसका साथै हामीले ताजा फलफूल तथा हरिया सागपातको प्रयोग गर्नुपर्छ। फल तथा हरियो सागमा एन्टीअक्सिडेन्ट, भिटामिन, फाइबर र पानीको मात्रा भरपुर पाइन्छ। बदाम, पिस्ता, काजु र ओखर जस्ता खाने कुराले पनि शरीरमा शक्ति प्रदान गर्छन्। यस्तै दूध, दही जस्ता भिटामिन बी १२, प्रोटिन र क्याल्सियम पाइने चिजको सेवन गर्नुपर्छ।

प्रकाशित: Oct 10, 2023| 05:00 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्