शनिबार, जेठ २३, २०८३

जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास सेवा

इजलासमा बालबालिका र महिलावादी मुद्दाको छिटोछरितो रूपमा न्याय निरुपण हुनेछ।’
 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

काठमाडौं– जिल्ला अदालत काठमाडौंमा  पारिवारिक इजलास सुरु भएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले  पारिवारिक इजलासको उद्घाटन गरेका हुन्। 
कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले आफू प्रधानन्यायाधीश बन्दै गर्दा संसदीय सुनुवाइमै जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास सुरु गर्ने घोषणा गरेको स्मरण गरे।

National life

उनले आवश्यकताअनुसार अन्य अदालतमा विस्तार गर्ने योजना अघि सारेअनुसार नै इजलास गठन सुरु गरिएको बताए। ‘न्यायिक इतिहासमा पहिलो पटक पारिवारिक इजलास सुरुवात गरिएको छ’, उनले भन्नुभयो, ‘यो इजलासमा बालबालिका र महिलावादी मुद्दाको छिटोछरितो रूपमा न्याय निरुपण हुनेछ।’

उनले इजलास सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए। प्रधानन्यायाधीश श्रेष्ठले महिलाले अंश पाउने मुद्दामा इजलासले द्रुत सेवा दिने र यो इजलास आगामी दिनमा भक्तपुर र ललितपुरमा विस्तार गरिने जानकारी दिए।

सुरुमा नियमित रूपमा दुई वटा इजलास सञ्चालन हुने उनले बताए। न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार न्यायमा पहुँच सुनिश्चित गर्न, छिटोछरितो तथा गुणस्तरीय न्याय सम्पादन गर्न र न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धिका लाग इजलास गठन गरिएको हो। 

प्रधानन्यायाधीश श्रेष्ठको कार्ययोजनाको अवधारणा र कार्ययोजना अनुरूप सर्वोच्च अदालत मुद्दा व्यवस्थापन समितिको निर्णयानुसार परिवारिक इजलासबाट हाललाई अंश, नाता कायम, घरेलु हिंसा र बालबालिकाको संरक्षक भई दायर भएका अंश, विशेष हेरचाहलगायत बालबालिकाको हितसँग सम्बन्धित देवानी प्रकृतिका मुद्दाको सुनुवाइ हुनेछ।

Shivam cement

प्रकाशित: Oct 09, 2023| 14:32 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्