शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सुदूरपश्चिम सरकारले इजरायल घटनामा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई जनही दुई लाख रूपैयाँ दिने

सुदूरपश्चिम सरकारले इजरायल घटनामा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई जनही दुई लाख रूपैयाँ दिने

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०
National life
Shivam cement

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही दुई लाख रूपैयाँ दिने घोषणा गरेको छ। आज मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन्।

मुख्यमन्त्री शाहले शोक सन्तप्त परिवारमा समवेदनासमेत व्यक्त गरेका छन्। घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी र उद्धार र शव फिर्ता ल्याउन दुवै देशका सरकारसँग अनुरोधसमेत गरेका छन्।

इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका सात जना विद्यार्थीले ज्यान गुमाएको पुष्टि भइसकेको छ। उनीहरु सुदूरपश्चिम विश्वविद्यालको कृषि संकायका आठौँ सेमेस्टरका विद्यार्थी भएको जनाइएको छ।

प्रकाशित: Oct 09, 2023| 13:52 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्