बिहीबार, असार ३२, २०८३

बीपी प्रतिष्ठानका १७७ डाक्टरले एकैपल्ट मागे सामूहिक बिदा 

लामो समयदेखि बढुवा नभएको र प्रतिष्ठान पदाधिकारीले माग सुनुवाइ नगरेको भन्दै १७७ डाक्टरले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बिदा मागेका हुन्।
 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

काठमाडौं– सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १७७ चिकित्सकले एकैपल्ट सामूहिक बिदा मागेका छन्। बिदा माग्नेमा सिनियर रेजिडेन्ट, एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसरलगायत छन्।

चिकित्सकले इमेलमार्फत प्रतिष्ठानका विभागीय प्रमुख र प्रशासनमा बिदाको निवेदन दिएका हुन्।

नन् मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकको करिब ७ वर्षदेखि रोकिएको बढुवा प्रक्रियाबारे प्रतिष्ठानका पदाधिकारीले माग सम्बोधन नगरेकाले स्वास्थ्यमन्त्री र प्रधानमन्त्री भेटेर ज्ञापनपत्र बुझाउन सामूहिक बिदा मागेका हुन्। 

प्रकाशित: Oct 09, 2023| 13:26 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्