सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • हमास लडाकुले संगीत महोत्सवलाई निशाना बनाउँदा २६० इजरायलीको नरसंहार

हमास लडाकुले संगीत महोत्सवलाई निशाना बनाउँदा २६० इजरायलीको नरसंहार

इजरायलको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपरनोभा फेस्टिभलमा हमास लडाकुले हमला गरेका थिए।
 |  सोमबार, असोज २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

vianetvianet

काठमाडौं– प्यालेस्टिनी चरमपन्थी समूह हमासको इजरायल लक्षित आक्रमणपछि मध्यपूर्व नयाँ लडाइँको अखडा बन्ने देखिएको छ। शनिबारदेखि आतंकवादीको सूचीमा समावेश चरमपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा दुवै पक्षमा ठूलो मानवीय क्षति पुगेको छ।

हालसम्म ११ सय बढीले ज्यान गुमाइसकेका छन्। इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकैपटक कम्तीमा २६० जनाको शव निकालेका छन्।

इजरायलको दक्षिणी भागमा रहेको रेइम नजिक आयोजना गरिएको सुपरनोभा फेस्टिभलमा हमास लडाकुले हमला गरेका थिए। त्यहाँ आक्रमणपछि मानिस भागाभाग गरेको भिडिओ सार्वजनिक भएका छन्।

इजरायली उद्धार सेवा ‘जिका’ ले आइतबार त्यहाँ खोजतलास गर्दा ठूलो संख्यामा हताहती भएको पाइएको हो। अझै धेरै शव संकलन गर्न बाँकी रहेको उद्धार टोलीले जनाएको छ।

संगीत महोत्सवमा शुक्रबार राती अबेरसम्म मानिस नाचेर रमाइरहेका थिए। तर, एकाएक त्यहाँ गोली चल्न थालेपछि भागदौड भएको थियो। गोलीबाट बच्न मानिस खुला स्थानमा दौडिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। हमास लडाकुले महोत्सवमा थुप्रै मान्छोई अपहरण गरेर लडाकुले बन्धक बनाएका छन्।

National life insurance

प्रकाशित: Oct 09, 2023| 12:26 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्