शनिबार, जेठ २३, २०८३

इजरायल-हमास लडाइँमा मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

इजरायल-हमास लडाइँमा दुवै पक्षका गरी कम्तिमा ११ सय मानिसको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। 

National life

प्लालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले आक्रमण गरेपछिको ३६ घण्टामा यो क्षति भएको हो। मर्नेमध्ये ७ सय इजरायली र ४१३ प्लालेस्टाइनी रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। मारिनेमा इजरायलीमात्र नभएर अन्य थुप्रै देशका छन्। हमासको आक्रमणमा परेर १० जना नेपालीको समेत ज्यान गएको छ।

शनिबार जमिन, आकाश र समून्द्रबाट हमासले इजरायलमाथि अचानक आक्रमण गरेपछि इजरायल प्रतिकारमा उत्रिएको थियो। इजरालयमाथि हमासको आक्रमण ५० वर्षयताकै ठूलो आक्रमण भनिएको छ।

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले आफूहरू हमासविरूद्ध युद्ध लडिरहेको घोषणा गरेका छन्।‘हामी युद्धमा छौं र यो युद्ध हामी जित्छौं,’उनले भनेका छन्। 

हमासले कैयौं इजरायली नागरिक र सैनिकहरूलाई बन्दी बनाएका छन्। उनीहरूले वृद्धवृद्धालाई पनि अपहरण गरी गाजा लगेको बताइएको छ। हमासको आक्रमणपछि इजरायलले गाजापट्टी क्षेत्रमा आक्रमण गरेको छ।

Shivam cement

इजरायलको आक्रमणबाट गाजा क्षेत्रबाट १ लाख २३ हजार ५३८ मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघलाई उदृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ। इजरायलले पनि प्यालेस्टाइनसँग सीमा जोडिएको भूभागदेखि ४ किलोमिटरसम्मका क्षेत्रबाट नागरिकहरूलाई स्थानान्तरण गरी अन्यत्र पठाएको छ।

प्रकाशित: Oct 09, 2023| 10:11 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्