शनिबार, जेठ २३, २०८३

अमेरिकाले इजरायललाई थप सैन्य सहयोग गर्ने

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

हमासको आक्रमणपछि अमेरिकाले इजरायलका लागि नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताएका छन्। अमेरिका इजरायलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो।  

National life

'इजरायलले गरेको विशेष अतिरिक्त आग्रहलाई हामीले हेरिरहेका छौं,' ब्लिङ्केनले सीएनएनसँग भने, 'हमासबाट भएको इजरायल आक्रमणहरूको सामना गर्न यो क्षणमा आवश्यक पर्ने सबै कुरा उपलब्ध गराउँछौँ भन्ने सुनिश्चित गर्नु राष्ट्रपति (जो बाइडेन) को निर्देशन थियो।'

दशकौँमा भएको पछिल्लो सङ्घर्षमा इजराइली पक्षमा छ सयभन्दा बढीको मृत्यु भएको सरकारी प्रेस कार्यालयले जनाएको छ। त्यस्तै गाजामा कम्तीमा तीन सय ७० मारिएको गाजा अधिकारीहरूले जनाएका छन्। सङ्घर्षमा दुवै पक्षका गरी हजारौँ घाइते भएका छन्। 

'धेरै अमेरिकी मारिएको हामीलाई रिपोर्ट प्राप्त भएको छ, हामी त्यसको पुष्टि गर्न अथक काम गरिरहेका छौँ। साथै अमेरिकीहरू हराएको पनि समाचार छ, हामी त्यसको पुष्टि गर्न काम गरिरहेका छौँ', विदेशमन्त्री ब्लिङ्केनले भने। - रासस
 

प्रकाशित: Oct 09, 2023| 07:01 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्