शनिबार, जेठ २३, २०८३

इजरायलबाट फर्किन चाहने नेपालीलाई सरकारले उद्धार गर्ने

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

सरकारले इजरायलबाट फर्किन चाहने नेपालीहरुलाई स्वदेश ल्याउने भएको छ। त्यसका लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

National life

मन्त्रालयले आइतबार राति जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको छ।'

तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरणहरु उपलब्ध गराइएकोले उनीहरुमार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहन मन्त्रालयले अनुरोध गरेको छ। यसैगरी १० जना मृतकको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको मन्त्रालयले जनाएको छ।

'पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकहरुले ज्यान गुमाएका, एक जना सम्पर्कविहीन रहेका र केही घाइते अवस्थामा रहेका पुष्टि भएको छ। मृतकहरुको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको छ,' विज्ञप्तिमा भनिएको छ, 'मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको छ।'

हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाई मार्गमार्फत आवतजावत सुचारू भइरहेको बताइएको छ।
 

Shivam cement

प्रकाशित: Oct 09, 2023| 06:48 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्