शनिबार, जेठ २३, २०८३

९२ दिनमै १४ हिमाल चढेका तेन्जेनको हिमपहिरोमा मृत्यु

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

चीनको सिसापाङ्‍मा हिमालमा गएको हिमपहिरोमा परेर विश्व कीर्तिमानी आरोही तेन्जेन लामाको मृत्यु भएको छ। हिमपहिरोमा बेपत्ता भएका शेर्पाको मृत्यु भएको पुष्टि सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्‍मा शेर्पाले गरेका छन्। 

National life

तेन्जेन शनिबारदेखि तिब्बतमा पर्ने सिसापाङ्‍मा हिमालमा बेपत्ता थिए। ७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरोमा एक नेपाली र एक अमेरिकी आरोहीको पनि मृत्यु भएको छ।

तेन्जेन विश्व कीर्तिमानी आरोही हुन्। उनले हालैमात्र ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल ९२ दिनमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए।

नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिलासँगै बनाएको यो रेकर्ड यसअघि निर्मल पुर्जा उर्फ 'निम्स दाइ' को नाममा थियो। पुर्जाले ६ महिना ६ दिन लगाएर बनाएको उक्त रेकर्ड तेन्जेनले आधा समयमै भंग गरिदिएका थिए।
 

प्रकाशित: Oct 09, 2023| 06:25 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्