आइतबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नेपालीहरुको शव पठाउन इजरायल सरकारलाई अनुरोध गरिएको छ: परराष्ट्र

नेपालीहरुको शव पठाउन इजरायल सरकारलाई अनुरोध गरिएको छ: परराष्ट्र

 |  सोमबार, असोज २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

vianetvianet

काठमाडौं- परराष्ट्र मन्त्रालयले इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीको शव पहिचान गर्ने काम अन्तिम चरणमा पुगेको र शव नेपाल ल्याउन इजरायल सरकारलाई अनुरोध गरिएको बताएको छ। आइतबार अबेर विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ-

नेपाली राजदूतावास तेल अभिभ, इजरायलबाट प्राप्त पछिल्लो जानकारी अनुसार इजरायलको गाजासँगको सीमाना लगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकहरुले ज्यान गुमाएका, एक जना सम्पर्क विहिन रहेका र केही घाईते अवस्थामा रहेका पुष्टि भएको छ। मृतकहरुको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको छ।

मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको छ।

इजरायलबाट स्वदेश फर्कन ईच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको छ।

हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाई मार्ग मार्फत् आवत जावत सुचारू भइरहेको जानकारी समेत प्राप्त भएको छ।

National life insurance

इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बसेको बैठकको निर्देशन अनुसार माननीय परराष्ट्र मन्त्रीज्यूको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन भएको र उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकहरुको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको छ।द्वन्दग्रस्त क्षेत्रबाट नेपालीहरुको यथाशिघ्र उद्दार गर्न नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको छ।

इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरणहरु उपलब्ध गराइएकोले उहाँहरु मार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहनु हुन अनुरोध छ।

यस कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन परराष्ट्र मन्त्रालय सम्बन्धित सवैमा हार्दिक अनुरोध गर्दछ।

इजरायलमा रहेका नेपालीहरुका लागि सम्पर्क व्यक्ति:
टेलिफोन - +९७२(०)३५१६८०८५
राजदूत कान्ता रिजाल - +९७२५४५८६४४२३
प्रथम सचिव अर्जुन घिमिरे- +९७२५८२८९३०००
इमेल- nepal.embassy@012.net.il

प्रकाशित: Oct 09, 2023| 05:59 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्