शनिबार, जेठ २३, २०८३

इजरायलमा मृत्यु भएका नेपालीको शव पठाउन पहल गर्दै दूतावास

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच चर्केको पछिल्लो लडाइँका क्रममा मृत्यु भएका १० जना नेपालीहरूको शव नेपाल पठाउन पहल भइरहेको तेल अबिबस्थित नेपाली राजदूतावासले जनाएको छ। 

National life

दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा नेपालीहरुको ज्यान गएको हो। दूतावासले आइतबार राति विज्ञप्ति जारी गर्दै चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्कमा नरहेका एक जनाको खोजी भइरहेको जानकारी दिएको छ। 

नेपाल फर्कन इच्छुक नेपालीहरुको स्वदेश फिर्तीको लागि चाँडै अनलाइन रजिस्ट्रेसनको व्यवस्था गरिने पनि दूतावासले जनाएको छ। 

मृतकहरूमा अधिकांश सूदुरपश्चिम प्रदेशका छन् भने एकजना कर्णाली र एकजना कोशी प्रदेशका पनि रहेका छन्। ती विद्यार्थीहरू नेपालबाट ‘लर्न एन्ड अर्न’ योजना अन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका थिए।

हमासको आक्रमणबाट मारिएका नेपालीहरू सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि गाजा नजिकै पर्ने दक्षिण इजरेलको किबुज अलुमीम क्षेत्रको एउटा फर्ममा कार्यरत रहेको बताइएको छ। 'शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको छ,' दूतावासले भनेको छ।

Shivam cement

प्रकाशित: Oct 09, 2023| 05:52 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्