शनिबार, जेठ २३, २०८३

इजरायलमा नेपालीको मृत्युबारे परराष्ट्र भोलिमात्रै बोल्ने

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

आतंकवादी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी मृत्यु भएका नेपालीबारे परराष्ट्र मन्त्रालयले सोमबार (भोलि) मात्र आधिकारिक रुपमा जानकारी दिने भएको छ।

National life

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यसबारे मन्त्रालयमा सूचना आइसके पनि पुष्टि गर्न बाँकी रहेकाले आधिकारिक रुपमा भोलिमात्र सार्वजनिक गर्ने बताइन्।

इजरायलस्थित नेपाली राजदूतावासले भने परराष्ट्र मन्त्रालयलाई इजरायलमा मृत्यु भएकाहरूको नाम र ठेगानासहितको विवरण मन्त्रालयमा पठाइसकेको छ। यसअनुसार हमास हमलामा १० जना नेपालीको मृत्यु भएको छ।
बेपत्ता रहेका भनिएका ११ जनामध्ये १० जनाको मृत्यु भएको हो। एकजना भने अझै पनि बेपत्ता नै छन्।

मृत्यु हुनेमा दार्चुलाका लोकेन्द्रसिंह धामी, दार्चुलाकै लेकमका दिपेशराज बिष्ट, सल्यानका प्रवेश भण्डारी, डोटीका पदम थापा, राजन फुलारा, कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकार छन्। दूतावासका अनुसार विपिन जोशी अझै बेपत्ता छन्। 

प्रकाशित: Oct 08, 2023| 21:51 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्