शनिबार, जेठ २३, २०८३

इजरायलमा एक नेपाली सम्पर्कविहीन

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०
National life
Shivam cement

काठमाडौं- प्यालेस्टानी विद्रोही समूह (हमास)को आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको भने एकजना सम्पर्कविहीन छन्। बेपत्ता हुनेमा कञ्चनपुरका विपिन जोशी छन्। 

अन्य चार जना घाइते भएका छन्। दुई जना भने सकुशल छन्। उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू हुन्। 

११ महिनाका लागि 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा उनीहरु इजरायल पुगेका हुन्। इजरायलमा भएको हताहतीबारे त्यहाँस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयले भने आधिकारिक पुष्टि भने गरेका छैनन्।

प्रकाशित: Oct 08, 2023| 20:15 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्