आइतबार, जेठ २५, २०८२

इजरायलमा मृत्यु हुने नेपालीको पहिचान खुल्यो (नामावलीसहित)

 |  आइतबार, असोज २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

vianetvianet

काठमाडौँ- इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको छ। इजरायलस्थित नेपाली राजदूतावासले बेपत्ता रहेका भनिएका ११ जनामध्ये १० जनाको मृत्यु भएको हो। एकजना भने अझै पनि बेपत्ता नै छन्।

मृत्यु हुनेमा दार्चुलाका लोकेन्द्रसिंह धामी र दार्चुलाकै लेकमका दिपेशराज बिष्ट रहेका छन्। सल्यानका प्रवेश भण्डारी, डोटीका पदम थापा र राजन फुलारा रहेका छन्। त्यस्तै कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकारको निधन भएको दूतावासले जानकारी दिएको छ।

दूतावासका अनुसार विपिन जोशी अझै बेपत्ता छन्।  राजदूत कान्ता रिजालले भनिन्, ‘आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको नामसहित खबर पाएँ। उनीहरूको शवलाई कसरी व्यवस्थापन गर्ने, नेपाल पुर्‍याउन के गर्ने छलफल भइरहेको छ। नेपालीमात्रै होइन इजरायलीसहित अन्य देशका सयौँ नागरिकले बम बाढीमा परेर ज्यान गुमाएका छन्।’

प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा १० नेपालीसहित ६०० जनाको मृत्य भएको टाइम्स अफ इजरालले जनाएको छ। इजरायलमा भएको आक्रमणमा ६०० जनाको मृत्यु भइसकेको शव व्यवस्थापनमा खटिएको स्वयंसेवी समूह जाकाका प्रवक्ताले हिब्रू मिडियालाई जानकारी दिएको जनाइएको छ। 

इजरायली सेनाले हमासका बन्दुकधारीहरूसँग लडाइँ जारी राख्दा उनीहरूलाई सीमानाका समुदायहरूबाट हटाउने क्रममा शवहरू फेला परेको बताइएको छ। 

National life insurance

इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले हिजो राती देशलाई आधिकारिक रूपमा युद्ध जाने विषयमा मतदान गरेको र उक्त मतदानबाट 'महत्वपूर्ण सैन्य गतिविधिहरू' गर्न सक्‍ने घोषणा भएको इजरायलको प्रधानमन्त्री कार्यालयले जनाएको छ। 

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पहिले नै हमास आतंककारीहरूले दक्षिणी इजरायलमा घुसपैठ गरी सयौंको हत्या गरेपछि देश युद्धमा प्रवेश गरेको बताएका थिए।

उच्चस्तरीय सुरक्षा मन्त्रिपरिषद्को निर्णयले युद्धमा जाने घोषणालाई आधारभूत कानूनको आधारमा वैधानिकता दिएको हो।

प्रकाशित: Oct 08, 2023| 20:03 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्