शनिबार, जेठ २३, २०८३

इजरायल-हमास युद्धको घोषणा 

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

काठमाडौं- प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा परी ६०० जनाको मृत्य भएको टाइम्स अफ इजरालले जनाएको छ। 

National life

इजरायलमा भएको आक्रमणमा ६०० जनाको मृत्यु भइसकेको शव व्यवस्थापनमा खटिएको स्वयंसेवी समूह जाकाका प्रवक्ताले हिब्रू मिडियालाई जानकारी दिएको जनाइएको छ। 

इजरायली सेनाले हमासका बन्दुकधारीहरूसँग लडाइँ जारी राख्दा उनीहरूलाई सीमानाका समुदायहरूबाट हटाउने क्रममा शवहरू फेला परेको बताइएको छ। 

उक्त हमालमा १० जना नेपालीको पनि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। परराष्ट्र मन्त्रालयले बेपत्ता भएका १७ जनामध्ये पाँच जना सम्पर्कमा आएको र १२ जना सम्पर्कविहीन भएको बताएको थियो। 

यद्पि अन्य दुई जना अपहरणमा परेको बताइए पनि १० जनाको मृत्यु भएको इजरायलमा भएका नेपाली विद्यार्थीले बताएका छन्। यद्पि नेपाल सरकारले भने मृत्युबारे आधिकारिक पुष्टि गरेको छैन। न त उनीहरुको अवस्थाबारे नै जानकारी गराएको छ। 

Shivam cement

इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले हिजो राती देशलाई आधिकारिक रूपमा युद्ध जाने विषयमा मतदान गरेको र उक्त मतदानबाट 'महत्वपूर्ण सैन्य गतिविधिहरू' गर्न सक्‍ने घोषणा भएको इजरायलको प्रधानमन्त्री कार्यालयले जनाएको छ। 

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पहिले नै हमास आतंककारीहरूले दक्षिणी इजरायलमा घुसपैठ गरी सयौंको हत्या गरेपछि देश युद्धमा प्रवेश गरेको बताएका थिए।

उच्चस्तरीय सुरक्षा मन्त्रिपरिषद्को निर्णयले युद्धमा जाने घोषणालाई आधारभूत कानूनको आधारमा वैधानिकता दिएको हो।

प्रकाशित: Oct 08, 2023| 19:54 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्