आइतबार, जेठ २५, २०८२

भारतको कर्नाटकमा आगलागी हुँदा १४ जनाको मृत्यु

 |  आइतबार, असोज २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

vianetvianet

भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। घटनामा कैयौं घाइते भएका छन्।

कर्नाटक राज्यको राजधानी बेंगलोरको एटिबेल क्षेत्रमा आगलागी भएको र घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। मृत्यु हुनेमा अधिकांश पसलका कर्मचारी रहेको भारतीय मिडियाले जनाएका छन्।

पसल मालिक तथा जग्गा मालिकलाई अग्नि सुरक्षा मापदण्ड पूरा नगरेको आरोप लागेको छ।  'प्रारम्भिक अनुसन्धानमा पसल मालिकको लापरबाहीका कारण उक्त दुःखद् दुर्घटना भएको देखिन्छ', मुख्यमन्त्री सिद्धारमैहाले पत्रकार सम्मेलनमा भने, 'पसलमा आवश्यक कुनै सुरक्षा मापदण्ड अपनाइएको थिएन भन्ने जानकारी मिलेको छ। पसलको हालसालै अनुमतिपत्र नवीकरण गरिएको छ। पसलमा आगो निभाउने यन्त्र फेला परेको छैन। यो पसल मालिकको पूर्ण लापरबाही हो।'

कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले घटनास्थलको निरीक्षण गरेका छन्। मृतकका आफन्तजनलाई राहतस्वरूप जनही पाँच लाख भारतीय रुपैयाँ दिने राज्य सरकारले घोषणा गरेको छ।

प्रकाशित: Oct 08, 2023| 18:21 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्