शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कांग्रेसले सरकारलाई भन्यो- इजरायलका नेपालीको तत्काल उद्धार गर

कांग्रेसले सरकारलाई भन्यो- इजरायलका नेपालीको तत्काल उद्धार गर

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

सरकारको मुख्य घटक नेपाली कांग्रेसले इजरायलमा हमासको आक्रमणमा परी फसेका नेपालीहरुलाई उद्धार गरेर स्वदेश फर्काउन माग गरेको छ।

National life

कांग्रेस सभापति शेरबहादुर देउवाले आज विज्ञप्‍ति जारी गरी हमासको आक्रमणका कारण अप्ठेरोमा परेका नेपालीहरुको अवस्था पत्ता लगाई उनीहरुलाई यथासम्भव चाँडो स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन्। उनले यसका लागि अविलम्ब कुटनीतिक पहल गर्न आग्रह गरेका छन्।

देउवाले इजरायलमा कार्यरत नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्र राष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्था, आप्रवासी संगठन र अन्तर्राष्ट्रिय रेडक्रससँग आग्रह गरेका छन्।

उनले अप्ठ्यारोमा परेका नेपालीलाई आवश्यक सहयोगका लागि इजरायलस्थित नेपाली दूतावास एवं नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्न भनेका छन्। इजरायलमा हमासले गरेको आक्रमणमा ९ नेपाली घाइते भएको बताइएको छ।

Shivam cement

प्रकाशित: Oct 08, 2023| 17:05 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्