फिल्म ‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
फिल्मका निर्माता सुवास बस्नेत र ज्याक श्रेष्ठले आफ्नो मन्जुरीबिना देश तथा विदेशमा फिल्म प्रदर्शन गरेर करोड ठगी गरेको भन्दै उजुरी दिएपछि पक्राउ पुर्जी जारी भएको हो।
सोही जाहेरीमा उल्लेख भएका तीन जनामध्ये एक ओएसआर डिजिटलका सञ्चाल ओमप्रकाश अग्रवाल भने शुक्रबार पक्राउ परेका छन्। उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।
गत सातामात्रै सुदर्शनको उजुरीका आधारमा कलाकार अनमोल केसी पक्राउ परेका थिए। उनीविरुद्ध सुदर्शनले १० लाख लिएर पनि फिल्म नखेलेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। तीन दिन हिरासतमा बसेर अनमोल हाजिरी जमानतमा छुटेका छन्।