सोमबार, भदौ २९, २०८३

दसैंका लागि बसको टिकट बुकिङ आजदेखि

 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

काठमाडौं- काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि सोमबारदेखि लामो दूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ। अग्रिम टिकट बुकिङ खुला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ।

टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने विभागको भनाइ छ। दसैंका लागि मुख्य राजमार्गका खाल्डाखुल्डी पुर्ने र सडकलाई सहज बनाउने कामलाई तीव्र पारिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ।

यो वर्षको दसैं असोज २८ बाट सुरु हुन्छ। यसदिन घटस्थापना परेको छ भने दसैंको मुख्य दिन विजयादशमी कात्तिक ७ गते छ। दसैं मनाउन उपत्यकाबाट १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान छ।

प्रकाशित: Oct 09, 2023| 05:50 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्