शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ करोड भ्रष्टाचार

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ करोड भ्रष्टाचार

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

मधेश प्रदेशका पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध करिब १८ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।

National life

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार, सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का लगायत ७ जनाविरुद्ध १७ करोड ८९ लाख रुपैयाँ बिगो कायम गरी आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल नामक गैरसरकारी संस्थालाई बदनियतपूर्वक १७ करोड ८९ लाख रुपैयाँ निकासा गरेको तर सो संस्थाबाट सम्पूर्ण रकम खर्च भइसक्दा समेत प्रगति शून्य रहेको र रकम स्वीकृत नभएका कार्यक्रममा खर्च गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई पनि प्रतिवादी बनाइएको छ। सर्लाहीको लालबन्दी नगरपालिकामा तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा एन्टी भेनम प्रडक्सन एन्ड रिसर्च सेन्टर स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने कार्यमा अनियमितता गरेको आरोप उनीहरूमाथि छ।

अख्तियारले लालबन्दी नगरपालिका वडा नम्बर १ स्थित प्रतिष्ठानको नाममा रहेको ८ विघा ९ कठ्ठा ६ धुर जग्गा, सोही संस्थाको नाममा रहेका चारपाङ्ग्रे सवारीसाधन समेत जफत हुन माग दाबी लिएको छ।

Shivam cement

सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि उक्त रिसर्च सेन्टर खोलिएको थियो।

यस्तो छ आरोपपत्र

 

प्रकाशित: Oct 08, 2023| 13:49 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्