शनिबार, जेठ २३, २०८३

सवारी दुर्घटनामा दुईको मृत्यु, चारजना मृत फेला

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

सल्यानको कपुरकोट गाउँपालिका-३ मुलपानीस्थित सडकमा दाङको तुल्सीपुरबाट सल्यानको जयचौरतर्फ आउँदै गरेको ना.६ ख ५४६३ नम्बरको बस सडकबाट करिब ७० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

National life

मृत्यु हुनेहरूमा बसमा सवार त्रिवेणी गाउँपालिका-६ बस्ने ४४ वर्षीया अनिता बोहरा र दाङ तुलसीपुर उपमहानगरपालिका-६ बस्ने ३१ वर्षीया सुनिता सुनार रहेका छन्। दुर्घटनामा घाइते भएका २१ जनामध्ये १ जनाको सिटि अस्पताल, १ जनाको मेडिकल कलेज कोहलपुर, २ जनाको  नर्सिङ होम नेपालगंजमा उपचार भइरहेको छ भने १७ जना उपचार पश्चात डिश्चार्ज भएका छन्। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मृत फेला
काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बिजेश्चरीस्थित स्तुपा भ्यु इन गेष्टमा पोखरा घर, वर्ष ५२, नाम दुज बहादुर पैजा बताई गत भदौ २९ गतेदेखि बस्दै आएका हाल एकीन नाम, थर, वतन नखुलेका व्यक्ति शनिबार मृत अवस्थामा फेला परेका छन्।

जुम्ला, चन्दननाथ नगरपालिका-३ डाडाकोट बस्ने ४५ वर्षीय कासिराम सार्की सोही ठाउँस्थित ढिमीचौर नजिकैको जंगलमा शनिबार मृत अवस्थामा फेला परेका छन्। जंगलमा घाँस  काट्न जाने क्रममा चर्पी जान्छु भनी गएकोमा अबेरसम्म नफर्किएकोले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

अछाम, मंगलसेन नगरपालिका-१३ सालपाटा बस्ने ५८ वर्षीय दिपक थयात खड्का सोही ठाउँस्थित तितेपातीको झाडीमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

Shivam cement

प्युठान, ऐरावति गाउँपालिका-५ कालिमाटी बस्ने ४३ वर्षीय होम बहादुर पुनमगर सोही गाउँपालिका-५ स्थित खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: Oct 08, 2023| 13:48 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्