शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कास्कीको किम्रोङखोला पहिरोले थुनियो, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

कास्कीको किम्रोङखोला पहिरोले थुनियो, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०
National life
Shivam cement

कास्की- अन्नपूर्ण गाउँपालिकास्थित किम्रोङखोला पहिरोले थुनिएको छ। अन्नपूर्ण-११ मा खोला गएराति पहिरोले थुनिएर ताल बनेको सोही वडाका वडाध्यक्ष हिमबहादुर गुरुङले बताए। पहिरो

उनका अनुसार आज बिहान ११ बजेदेखि खोलामा पानी बग्न सुरु भए पनि जोखिम भने कायमै छ। 'गएराति किम्रोङखोला पहिरोले थुनिएको हो, अहिले १५ घण्टापछि खोलामा पानी बिस्तारै बग्न थालेको छ, एक्कासि फुटेमा क्षति हुने सम्भावना भएकाले सबैलाई सुरक्षित रहन खबर गरेका छौँ', उनले भने।

किम्रोङखोला वडा नं ७ र ११ को सिमाना झिनोडाँडामा आएर मोदी नदीमा मिसिन्छ। मोदी खोला आसपासका अन्नपूर्णका वडा नं ११, १०, ८ र ७ का नदीको तटीय क्षेत्रमा बसोबास गरेकाहरुलाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले बताए।

प्रकाशित: Oct 08, 2023| 13:48 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्