शनिबार, जेठ २३, २०८३

कीर्तिमानी आरोही तेन्जेन लामा हिमपहिरोमा बेपत्ता

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

चीनको सिसापाङ्‍मा हिमालमा गएको हिमपहिरोमा परेर विश्व कीर्तिमानी आरोही तेन्जेन लामा बेपत्ता भएका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार तिब्बतमा पर्ने सिसापाङ्‍मा हिमालमा शनिबार तेन्जेनसँगै एक जना अमेरिकी आरोही पनि बेपत्ता भएकी छन्।

National life

७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरोमा एक नेपाली र एक अमेरिकी आरोहीको मृत्यु भएको छ।

हिम पहिरोमा बेपत्ता भएका तेन्जेन लामा विश्व कीर्तिमानी आरोही हुन्। उनले गत साउनमा ९२ दिनमै विश्वका अग्ला १४ शिखरको आरोहण गरेर कीर्तिमान बनाएका थिए। नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिलासँगै बनाएको यो रेकर्ड यसअघि निर्मल पुर्जा उर्फ 'निम्स दाइ' को नाममा थियो। पुर्जाले ६ महिना ६ दिन लगाएर बनाएको उक्त रेकर्ड तेन्जेनले आधा समयमै भंग गरिदिएका थिए।

 

प्रकाशित: Oct 08, 2023| 13:37 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्