शनिबार, जेठ २३, २०८३

इजरायलमा केही नेपाली हताहत भएको हुन सक्ने अनुमान

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

परराष्ट्रमन्त्री एनपी साउदले प्यालेस्टाइनी समूह हमासले इजरायलमा गरेको आक्रमणका विषयमा संसद् बैठकलाई जानकारी गराएका छन्। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर परराष्ट्रमन्त्री साउदले त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी गराएका हुन्।

National life

मन्त्री साउदका अनुसार अहिलेसम्म आक्रमणमा तीन जना नेपाली घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए।

'हमास समूहबाट गम्भीर आक्रमण भएको स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल रहेको, ३ जना घाइतेको उपचार स्थानीय अस्पतालमा  भइरहेको छ। बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत हुन सक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ,' मन्त्री साउदले भने।

इजरायलको द्वन्द्व प्रभावित क्षेत्र सेदोत नेगेभमा ४९ नेपाली विद्यार्थी रहेका छन्। यसैगरी इजरायलभरि ४५०० नेपाली केयरगिभर कार्यरत छन्।

Shivam cement

 

प्रकाशित: Oct 08, 2023| 13:22 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्