सोमबार, भदौ २९, २०८३

जिप दुर्घटनामा दुई वडाध्यक्षसहित नौ जना घाइते

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

हुम्लाको सिमकोट गाउँपालिकास्थित मानसरोवर विद्यालय नजिकै जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। बा  २१ च ७३५३ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।

दुर्घटनामा सिमकोट गाउँपालिका-२ वडाध्यक्ष देवजंग बोहोरा र वडा नम्बर ३ वडाध्यक्ष पामा लामा पनि परेका छन्।

प्रहरीका अनुसार जिप सडकभन्दा दुई सय मिटर तल खसेको छ। घाइतेलाई जिल्ला अस्पताल हुम्ला लगिएको छ।

प्रकाशित: Oct 08, 2023| 12:37 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्