सोमबार, भदौ २९, २०८३

अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

अफगानिस्तानको हेरात प्रान्तमा शनिबार राति गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ। बीबीसीका अनुसार भत्किएका भवनको भग्नावशेषमा धेरै मानिस पुरिएका छन्।

विपद् व्यवस्थापन प्रमुखले हजार जना घाइते भएको जानकारी दिएका छन्। धेरै गाउँ पूर्ण रूपमा ध्वस्त भएका छन्।

शनिबार राति अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। शक्तिशाली भूकम्पपछि लामो समयसम्म धक्का महसुस भइरहेको जनाइएको छ।

भूकम्पले इरानसँगको सीमा नजिकै रहेको हेरात सहरका भवनमा क्षति पुगेको बीबीसीले उल्लेख गरेको छ। गत जुनमा पनि त्यहाँ भूकम्प जाँदा हजारभन्दा बढीको ज्यान गएको थियो।

प्रकाशित: Oct 08, 2023| 11:40 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्